kumari
stcnepal

तराई र पहाडमा अधिक तापक्रम

तराईका धेरैजसो भूभागहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ । बाँके, चितवन, पर्सा, बारा, सर्लाही लगायतका जिल्लाहरुमा ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै देशका तराई, भित्री मधेस, पहाडी उपत्यका तथा खोँचहरु साथै पहाडी भूभागका धेरै स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम सीमा भन्दा बढी भएको छ । जसका कारण हल्का, मध्यम तथा विषम वर्गको लू (तातो हावाको बहाव) देखिएको महाशाखाले जनाएको छ ।

मध्यम तथा विषम वर्गको लूको कारणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

footer