kumari
stcnepal

उरुग्वेले जित्यो यू-२० विश्वकप फुटबलको उपाधि

काठमाडौं । उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो । उरुग्वेको लुसियानो रोड्रिगेजले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।

उरुग्वेले विश्वकपको उपाधि उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।

 

footer