नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुईजना सहसचिव सचिवमा बढुवा, दुईको सरूवा

741
shares

काठमाडौं । सरकारले थप दुई जना सचिवको सरुवा गरेको छ भने कानुन समूहका दुई सहसचिव सचिवमा बढुवा गरेको छ ।

सहसचिव आलोकचन्द्र श्रेष्ठ सचिवमा बढुवा भई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव बनेका छन् । सहसचिव परस्वर ढुंगाना नेपाल कानुन आयोगको सचिव बनेका छन् ।

न्याय सेवा आयोगको बैठकले कानुन सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो । लिलादेवी गड्तौला मुख्यसचिव बनेपछि प्रधानमन्त्री कार्यालयमा दरबन्दी रहेको कानुन समूहतर्फको सचिव पद रिक्त थियो । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

न्याय सेवा आयोगको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । न्याय सेवा अन्तर्गतका कानुन समूहका सचिवहरुलाई न्याय सेवा आयोगको निर्णयबाट सरुवा गरिन्छ । तर त्यसमा सरकारकै तर्फबाट कानुनमन्त्रीले प्रस्ताव लैजान्छन् र निर्णय हुन्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports