kumari
stcnepal

आमालाई गालि गरेपछि भाइले गरे दाइको हत्या

काठमाडौं । काठमाडौंमा एक जना भाइले आफ्नै दाइको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा २५ वर्षीय सुरज शाक्यले ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या गरेका हुन् ।

दाइले आमालाई गाली गरेपछि सुरजले हतौडा प्रहार गरी दाइ सूर्यको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनले गएराति १२ बजे दाइको हत्या गरेका हुन् । मंगलबार बिहान प्रहरीले सुरजलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

footer