kumari
stcnepal

ठगी आरोपमा पक्राउ परेका कलाकारलाई चार दिन प्रहरी हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ ८ जना कलाकारलाई काठमाडाैँ जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका ‘बल्छी ध्रुवे’ भनिने मरिचमान श्रेष्ठ, ‘राजु मास्टर’ भनिने राजु पौडेल सहित सबै जनालाई हिरासतमा राखेर अभियोग माथि अनुसन्धान गर्न अनुमति दिएको हो । बिहीबार पक्राउ परेका हाँस्य कलाकार तथा युट्युबरहरुले अनलाइन जुवा प्रमोशनका लागि १० देखि ४० लाख रूपैयाँ सम्म लिएको प्रमाण फेला परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए । अनुसन्धानका क्रममा आरोपी सबैले अनलाइन जुवाको प्रमोशनका लागि रकम लिएको पाइएको उनले बताए ।

बिहीबार बल्छी ध्रुवे, राजु मास्टरसहित ‘म्याकुरी’ उर्फ पवन खतिवडा, ढेडो बूढो उर्फ सरोज घिमिरे, भटभटे माइला उर्फ बेगम नेपाली तथा युट्युबरहरु एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा ‘जिडी’ लाई पक्राउ गरिएको छ ।

footer