kumari
stcnepal

नक्कली भुटानी शरणार्थी प्रकरणमा लक्ष्मी र टंक धरौटीमा रिहा, खाँण-रायमाझी सहित अरू सबै जेल चलान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जना बाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउँने आदेश दिएको छ ।

न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहर सहित पुर्पक्षमा पठाउने आदेश भएको हो ।

लक्ष्मी महर्जन र टंक गुरुङ बाहेक सबैलाई पुर्पक्षमा पठाउन अदालतले आदेश दिएको हो ।महर्जन सँग अदालतले ५ लाख धरौटी मागेको छ भने गुरुङसँग १० लाख धरौटी मागेको छ । बाँकीको धरौटी माग समेत अश्वीकार भएको छ ।

footer