kumari
stcnepal

आईसीसी एक दिवसीय विश्वकप छनोट, आज नेपाल र जिम्बावे बीचमा खेल हुँदै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आज देखि जिम्बावेमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ ।

आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज जिम्बावे विरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ ।  नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्य सहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बावेको सामना गर्न लागेकाे हाे ।
footer