kumari
stcnepal

आईसीसी क्रिकेट विश्वकप छनोट : नेपाललाई छौठौ सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिका विरुद्ध ललित राजवंशिले नेपाललाई छटौं सफलता दिलाएका छन् । जिम्बाब्वेको राजधानी हरारे स्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको २७ ओभर चार बलमा सुशान्त मोदानीलाई आउट गराए । यसअघि वेस्टइन्डिज विरुद्ध शतक हानेका अमेरिकाका मध्यक्रमका ब्याटर गजानन्दसिंहलाई दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराएका थिए ।

२९ औँ ओभरको खेल सकिँदा अमेरिकाले छ विकेट गुमाएर ९६ रन बनाएको छ । अमेरिका विरुद्धको खेलमा नेपालका लागि करण केसी चार विकेट लिएका थिए । अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दै छ । खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् । समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वे सँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् । दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

footer