kumari
stcnepal

अमेरिका बिरूद्धको खेलमा नेपालको शानदार जित

काठमाडौं । भिम सार्कीकोे उत्कृष्ट अर्धशतकीय इनिङ र करण केसीको सर्वाधिक ४ विकेटको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटको दोस्रो खेलमा अमेरिका विरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।

जिम्बावेको हिरारे स्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरको समाप्तिमा अलआउट हुँदै दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै २ सय ११ रन बनायो । नेपालको जितमा भिम सार्कीले सर्वाधिक ७७ रनको अविजित इनिङ खेले । उनले १ सय १४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।

अमेरिकालाई पराजित गरेसँगै समूह ए मा पहिलो जित निकालेको नेपालले २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बाबे सँग ८ विकेटले पराजित भएको थियो । अमेरिकाको भने, यो लगातार दोस्रो हार हो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । अब नेपालले विश्वकप छनोट अन्तर्गत समूह चरणको तेस्रो खेल बिहिबार वेस्ट इन्डिज र अन्तिम खेल सनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

footer