kumari
stcnepal

सन्दीप लामिछाने बिरुध्दको मुद्धामा आरोप लगाउने युवतीलाई सरकारी राहत कोषबाट १ लाख दिन अदालतको सरकारलाई आदेश

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवतीलाई उपचार खर्च उपलब्ध गराउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।भरणपोषणका लागि क्षतिपूर्ति माग गर्दै युवतीले दिएको निवेदनमा सुनुवाई गर्दै अदालतले उपचार खर्च उपलब्ध गराउन आदेश दिएको हो ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । यातायात र घरभाडा सहित २ लाख ७० हजार क्षतिपूर्ति उपलब्ध गराउन माग सहित अदालतमा निवेदन दिएकी थिइन्। तर न्यायाधीश पण्डितको इजलासले पीडित राहत कोषबाट १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको हो।

पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् ।

footer