काठमाडौं । जिम्बाव्वेलाई ९ विकेटले हराउँदै श्रीलंका विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अपराजित रहेको श्रीलंकाले सुपर सिक्समा घरेलु टिम जिम्बाव्वेलाई हराएउँदै एक खेल अघि नै विश्वकपमा छनोट भएको हो । विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतमा हुने छ ।
बुलवायोमा घरेलु टोलीले दिएको १६६ रनको सामान्य लक्ष्य श्रीलंकाले ३४ औं ओभरमा १ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका लागि पथुम निसन्काले नट आउट १०१ रन बनाए । कुशल मेन्डिस २५ रनमा नट आउट रहे भने दिमुथ करुणारत्ने ३० रनमा आउट भए ।