kumari
stcnepal

एसिसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

काठमाडौं। एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाका बिचमा प्रतिस्पर्धा हुँदैछ । मलेसियामा जारी उक्त प्रतियोगिताको हिजो (सोमबार) भएको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउदै फाइनलमा प्रवेश गरेको नेपालले आज घरेलु टोली मलेसिया सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज बिहान ७ः१५ बजेबाट सुरु हुनेछ । नेपालले यसअघि दुईवटा उपाधी हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उदेश्य सहित मैदानमा उत्रन लागेको हो । यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

footer