kumari
stcnepal

नेपालले आयरल्याण्डसँग पहिलो पटक ओडीआई खेल खेल्दै

काठमाडौं । जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्ड सँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आयरल्याण्ड विरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुनेछ । नेपाल र आयरल्यान्ड बीचको खेल हरारे स्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ ।

अर्कोतर्फ नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा आयरल्याण्डसँग पहिलो पटक खेल्दैछ । टी-२० अन्तर्राष्ट्रियमा भने नेपालले आयरल्याण्ड सँग ३ खेल खेलिसकेको छ र सबैमा पराजित भएको थियो । यस्तै नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्दैछ । जुन नेपालको लागि अर्को महत्वपूर्ण अवसर समेत हो ।

footer