kumari
stcnepal

मेलम्चीमा बाढी आएपछि सुरुङमा पानी पथान्तरण बन्द, काठमाडौंमा फेरि खानेपनीको वितरण प्रभावित हुने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पथान्तरण बन्द गरिएको छ । मेलम्चीको जलाधार क्षेत्रमा भारी वर्षा भएर धमिलो पानीसहितको बढी अएपछि सोमबारदेखि मेलम्चीको सुरुङमा पानी हाल्न रोकिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका निर्देशक प्रवक्ता राजेन्द्र पन्तका अनुसार गत हप्ता दिनभर सुरुङमा पानी हाल्ने र रातमा बन्द गर्ने गरिएको थियो । तर, जलाधार क्षेत्रतर्फबाट धमिलो पानी आएपछि सुरुङलाई हुनसक्ने जोखिमलाई ध्यानमा राखेर बन्द गरिएको उनले बताए ।

यसका कारण काठमाडौंमा फेरि खानेपनीको वितरण प्रभावित हुने भएको छ । ‘पानी संग्लिएपछि फेरि सुरुङ खोल्छौं,’ उनले भने, ‘गत वर्षहरुको जस्तो वर्षायामभरि लगातार सुरुङ बन्द गर्दैनौं, जोखिम कम देखिएर खोलेर पानी ल्याउँछौं ।’

footer