kumari
stcnepal

स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा छनोट हुन असफल

काठमाडौं । स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । सन् १९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाव्वे लगातार २ वटा विश्वकपमा छनोट हुन असफल भएको हो ।

जिम्बाव्वे यो विश्वकप गुमाउने तेस्रो टेष्ट राष्ट हो । वेष्ड इण्डिज र आयरल्याण्ड यसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । श्रीलंका भने विश्वकपमा छनोट भइसकेको छ । यो जितपछि स्कटल्याण्डको विश्वकपमा छनोट हुने संभावना बलियो भएको छ । स्कटल्याण्डको र जिम्बाव्वेको समान ६ अंक छ तर रन रेटमा स्कटल्याण्ड अघि छ ।

स्कटल्याण्डले अब नेदरल्याण्ड्स सँग खेल्न बाँकी छ । यो खेलमा फराकिलो अन्तरको जित हात पारेमा भने स्कटल्याण्डको सट्टा नेदरल्याण्ड्स विश्वकपमा छानिने छ । नेदरल्याण्ड्सको ४ अंक छ ।

footer