kumari
stcnepal

नेपाली टोली आयरल्यान्ड सँग दुई विकेटले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । आयरल्यान्डसँग पराजित भएपछि पहिलो पटक टेस्ट राष्ट्रलाई हराउने नेपालको सपना पनि पूरा हुन सकेन ।

उक्त नतिजासँगै नेपालले प्रतियोगितामा आठौं वरीयता प्राप्त गरेको छ । आयरल्यान्डले भने सातौं वरीयता पाएको छ । नेपाललाई हराउन आयरल्यान्डले निकै ठूलो सँघर्ष गर्नुपर्‍यो । आयरल्यान्डले अन्तिम ओभरमा आएरमात्र नेपाललाई हराउन सक्यो । मंगलबारको खेलसँगै नेपालको एकदिवसीय विश्वकप छनोट यात्रा पनि सकिएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

footer