kumari
stcnepal

बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सन्चालनमा छन् ।विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम,गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।

यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेश चोक खण्ड पनि अवरुद्ध छ । यस्तै कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ । एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन-रिडी-कोरला र डुम्रे-बेशीसहर-चामे सडक खण्ड एकतर्फी चालु छन् ।

यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ । हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ । हालसम्म सडकमा २ लाख ४९ हजार ६२३ रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।

footer