kumari
stcnepal

त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरूले एक वर्ष देखि बृद्धि गरिएको तलब नपाएको गुनासो

काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरूले एक वर्ष देखि बृद्धि गरिएको तलब नपाएको गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७९/०८० को शुरूदेखि लागू हुनेगरी बृद्धि भएको तलब–भत्ता आर्थिक वर्षको अन्तिम महिना बित्नै लाग्दा समेत नपाएको बताएका हुन् । त्यस्तै आंशिक रूपमा प्राध्यापनरत प्राध्यापकहरूले समेत पाउनुपर्ने पारिश्रमिक लामो समय देखि नपाएको उनीहरूको भनाई छ । लामो समयदेखि तलब भत्ता नपाएपछि प्राध्यापक संघ त्रि–चन्द्र क्याम्पस एकाइ समितिले आपत्ति जनाएको छ ।

लामो समयसम्म पारिश्रमिक पाउन नसकेकाले प्राध्यापक एवं कर्मचारी वर्ग निरास भइरहेको संघको भनाई छ । उक्त समस्याको समाधान तीन दिनभित्रमा समाधान नभएको खण्डमा २१ गतेका दिन नियमित परीक्षामा बाधा नपरी पेन डाउन गरी यस क्याम्पस अन्तर्गतका पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य बन्द गरिने र अन्य सशक्त संघर्षका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिएका छन् ।

footer