kumari
stcnepal

वानएक्स बेट प्रकरण : प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिल समक्ष बुझायो

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबर माथिको अनुसन्धान सकेको छ । परिसर प्रमुख तथा एसएसपी सीताराम रिजालले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिल समक्ष बुझाइएको बताए ।

प्रहरीले अनुसन्धानपछि सरकारी वकिललाई कस्तो राय दिइएको छ भन्ने उनले खुलाएनन् । सरकारी वकिलले प्रतिवेदन अध्ययन गरेर अदालतमा अभियोग पत्र दर्ता गर्नेछ । प्रहरीले यो प्रकरणमा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४, ५ र ६ बमोजिम सजाय मागदाबी गर्न सुझाएको छ । प्रोमो कोड प्रयोग गरेर वानएक्स बेट प्लेटफर्मको गैरकानुनी ढंगमा प्रचारप्रसार गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसा समेत लिने गरेको प्रहरीले जनाएको थियो ।

गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जीडी)लाई पक्राउ गरेको थियो ।

footer