kumari
stcnepal

जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फिर्ता

काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका छन् ।

विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं हुँदै घर फर्केको हो । स्वदेश फर्केपछि विमानस्थलमा पत्रकार सित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै कुरा सिकेको बताए ।

एशोसिएटकै बलिया टिम र टेष्ट टिम सँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनले बताए । फुल मेम्बर टिम सँग खेल्न पायौं भने हामीले पनि उनीहरुलाई हराउन सक्छौं भन्ने आत्मविश्वास बढेको पौडेलले बताए ।

footer