kumari
stcnepal

सुडानको ओमडुरमनको आवासीय क्षेत्रमा हवाई हमला हुँदा २२ जनाको निधन

काठमाडौं । सुडानमा हवाई हमला हुँदा २२ जनाको निधन भएको हो । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको निधन भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफ बीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् । विद्रोही संगठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको निधन भएको र कयौं घाइते भएको बताएका छन् । यसबारे सेनाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । स्वास्थ्य मन्त्रालयले भने २२ जनाको निधन भएको पुष्टि गरेको छ ।

स्थानीयवासीका अनुसार सेनाले विद्रोही समूहलाई लक्षित गरी निरन्तर हवाई हमला गर्दै आएको छ । विद्रोही समूहले पनि ड्रोन र लन्चरको माध्यमबाट जवाफी हमला गर्दै आएका छन् । ओमडुरमन विद्रोही समूहले डारफुरबाट सामान आपूर्ति गर्ने एक महत्वपूर्ण स्थान हो । अहिले सेनाले त्यहीँ आक्रमण केन्द्रित गरेको छ ।

footer