kumari
stcnepal

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त

काठमाडौँ । सोलुखुम्बुको लुक्ला स्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा  डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ । ‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, उनले  बताए ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो  । हेलिकप्टरमा क्याप्टेन सहित ६ जना सवार छन् ।  सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।
footer