kumari
stcnepal

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको निधन, शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ । मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलट सहित ६ जना सवार थिए । हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए । दुर्घटनाको कारण खुलेको छैन ।

footer