kumari
stcnepal

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली बंगलादेश सँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली बंगलादेश सँग खेल्दैछ । ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् । तर नेपाल र बंगलादेश फरक परिस्थिती बाट यो खेल खेल्दैछन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा यी दुई टोली फाइनलमा भिड्दा घरेलु टोलीलाई हराएर बंगलादेशले उपाधि जितेको थियो ।

त्यसपछि नेपालले भारत सँग दुई मैत्रीपूर्ण खेल र भियतनाम सँग ओलम्पिक छनोटमा दुई खेल गरी चार खेल खेलिसकेको छ। बंगलादेशले भने साफ जितेपछि कुनै खेल खेलेको छैन । नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । बंगलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ ।

खेलअघिको बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले भोलिको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । उनले तयारी राम्रो भएको र त्यसै अनुसार मैदानमा प्रदर्शन गरे खेल जित्न सकिने बताए । नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताए । गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पूरै समय मैदानमा बिताउन पाएकी थिइनन् ।

footer