kumari
stcnepal

सातौं प्रधानमन्त्री कप : न्यू डायमण्ड स्पोर्ट्स एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब फाइनल नजिक

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा न्यू डायमण्ड स्पोर्ट्स एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब फाइनल नजिक पुगेको छ । न्यू डायमाण्ड माथिको ३–० को सोझो सेटको जितले एपीएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपीएफले न्यू डाइमन्डलाई २५–१६, २५–१८ र २५–१२ पराजित गरेको हो । अब न्यू डायमण्डले शुक्रबार नेपाल पुलिस क्लब सँग खेल्नेछ । उक्त खेलमा पुलिसलाई ३–० को सोझो सेटमा हराएमा मात्रै न्यू डायमण्डको फाइनल सम्भावना हुनेछ ।पुलिस सँगको खेलमा न्यु डायमन्ड हारेको वा अंक बाँडेको खण्डमा एपीएफ फाइनलमा पुग्ने छ ।

footer