kumari
stcnepal

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाली टोली  पाकिस्तान सँग चार विकेटले पराजित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली  पाकिस्तान सँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । पाकिस्तानको जितमा मुहम्मद तैयब ताहिरले ५१ रनको योगदान गरे । कमरान घलमले ३१ रनको योगदान गरे । सइम अयुबले २४ रन बनाए । नेपाली टोलीका बलर ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए ।

footer