kumari
stcnepal

नेपाल पुलिस क्लब महिला टिमलाई र हेल्प नेपाल पुरुष टिमलाई सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबको महिला टिम र हेल्प नेपालको पुरुष टिमले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधि जितेका छन् । नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा आफ्ना पाँचै प्रतिद्वन्द्वीलाई पराजित गरी शीर्षस्थानमा रहँदै फाइनल पुगेको पुलिसले शनिबार फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै महिलातर्फको उपाधि उचालेको हो ।

पुलिसले पहिलो सेट २५–१२ ले जित्यो भने दोस्रो सेट २१–२५ ले गुमायो । त्यसपछि तेस्रो र चौथो सेट २५–२३, २५–१९ ले आफ्नो पक्षमा पार्दै पुलिसको महिला टोलीले उपाधिसँगै ६ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता एपीएफले नगद ३ लाख, तेस्रो भएको न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले नगद १ लाख ५० हजार र चौथो भएकव त्रिभुवन आर्मी क्लबले नगद ७५ हजार रुपैयाँ पाएका छन् ।

footer