kumari
stcnepal

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपालले भारत सँग खेल्दै

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल सोमबार भारत सँग खेल्दैछ । नेपाल र भारत बीचको खेल दिवा—रात्रि हुनेछ । खेल नेपाली समय अनुसार, दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

यसअघि गत शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’ टोली सँग चार विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्तै निराशाजनक रहेको थियो । नेपालले फिल्डिङमा पनि सुधार गर्नु पर्ने देखिन्छ । भारतले भने आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिटरेट्स (यूएई) को ‘ए’ टोलीलाई हराएको थियो ।

footer