kumari
stcnepal

२० वर्षीय युवा अल्कारेजले विम्बलडन ओपन टेनिसको उपाधि जिते

काठमाडौं । स्पानिस खेलाडी कारल्स अल्कारेजले नोभाक जोकोभिचलेको दबदबालाई अन्त्य गर्दै विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन् । २० वर्षीय युवा अल्कारेजले आइतबार राति भएको फाइनलमा पाँच सेटसम्म चलेको प्रथिस्पर्धात्मक खेलमा जोकोभिचलाई १-६, ७-६, ६-१, ३-६, ६-४ ले पराजित गरे ।

जोकिभच लगातार पाँचौ विम्बलडन र पुरुक्ष तर्फ २४औं ग्राण्ड्सलाम टेनिस जित्ने लक्ष्यमा थिए । तर ३६ वर्षीय जोकोभिचलाई युवा अल्कारेजले उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरे । अल्कारेजले पहिलो पटक विम्बलडन ओपनको उपाधि जितेका हुन् ।

‘मेरो लागि सपना पूरा भएको छ,’ चौथो पटक मात्रै ग्रास कोर्टमा खेलेका अल्कारेजले भने,’म मेरो लागि एकदमै गौरवान्वित छु ।’ अल्कारेल गत वर्ष युएस ओपन जितेका थिए । उनले दुई ग्राण्ड्सलाम जितेका छन् ।

footer