kumari
stcnepal

एसीसी इमर्जिङ टिम्स एसिया कप : भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदै छ । डे नाइट खेल भएकोले नेपाली टोलीले आइतबार रातिको समयमा अभ्यास समेत गरेको थियो ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । भारत ए ले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ ।

footer