kumari
stcnepal

नेपालले भारत ए लाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बो स्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो ।

कमजोर सुरुवात गरेको नेपालको इनिङ्स कप्तान रोहित र गुल्सन सँगै सोमपाल कामीले सम्हालेका थिए । रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सनले ३८ रन योगदान गरे । १० ओभर त्रिभै ५ विकेट गुमाउँदा जम्मा ३७ रन मात्र बनाएको अवस्थामा कप्तान रोहितले दुई अर्धशतकीय साझेदारी गरे ।

रोहित र सोमपाल कामीले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । अघिल्लो खेलमा पाकिस्तानए विरुद्ध अर्धशतक बनाएका सोमपालले १४ रन बनाएर आउट भए ।

footer