kumari
stcnepal

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारतको ‘ए’ टोली सँग पराजित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ

श्रीलंका राजधानी सहर कोलम्बो स्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १६८ रनको लक्ष्य भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

footer