kumari
stcnepal

एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र संयुक्त अरब इमिरेटस बीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । आज नेपाल र संयुक्त अरब इमिरेटस बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ ।  एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएई बीचमा प्रतिस्पर्धा हुन लागेको हो ।

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । यद्यपि, आज प्रतिष्ठाका लागि दुवै टोली आज एक अर्का सँग आमुने सामने हुनेछन् ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत र पाकिस्तान सँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । युएई भारत सँग ८ र पाकिस्तान सँग १ सय ८४ रनले पराजित भएको थियो ।

footer