kumari
stcnepal

‘कू’ पछि जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा

नाइजर । नाटकीय ‘कू’ पछि जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । ओमार चिआनी भनेर पनि चिनिने उनले बुधबार आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिँदै कू गरेका थिए । सत्ताच्यूत गरिएका राष्ट्रपति मोहमद बाजुम देशले सन् १९६० मा स्वतन्त्रता हासिल गरेपछि एक निर्वाचित राष्ट्रपतिलाई प्रतिस्थापन गर्ने पहिलो निर्वाचित राष्ट्रपति रहेका थिए । बाजुम हाल आफ्नै गार्डहरूको नियन्त्रणमा रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिइएको छ ।

बाजुम सो क्षेत्रमा इस्लामी चरमपन्थीविरुद्धको लडाईंमा पश्चिमा राष्ट्रहरुको प्रमुख साझेदार थिए । पूर्व साम्राज्यवादी शक्ति फ्रान्सले कू गरेका नेताहरूलाई नचिन्ने र बाजुमलाई नै देशको प्रमुखका रूपमा चिन्ने स्पष्ट पारेको छ । अफ्रिकी युनियन, दक्षिण अफ्रिका रिजनल ब्लक, यूरोपिनय युनियन र संयुक्त राष्ट्रले  कूको भर्त्सना गरेको छ । यता, रुसको वाग्नर समूहले भने कू को प्रशंसा गर्दै यसलाई जीतको रूपमा व्याख्या गरेको छ । टेलिग्राम च्यानलमा एक भिडियो जारी गर्दै येभगेनी प्रिगोजिनले यसलाई साम्राज्यवादीहरु विरुद्ध नाइजरको जनताको संघर्ष बताएका छन् । –बीबीसी

footer