kumari
stcnepal

झापा र कास्कीमा अति भारी वर्षा, तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आह्वान

काठमाडौं । झापा र कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

यसैगरी जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहावको जोखिम छ । साथै कुस्मा-पोखरा सडकखण्ड, घान्द्रुक र त्यस आसपास पहिरोको जोखिम छ । त्यसैले कमजोर र भिरालो जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

footer