kumari
stcnepal

पाकिस्तानमा राजनीतिक भेलामा बम विस्फोट हुँदा ३९ जनाको निधन साथै दर्जनौँ घाइते

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा आइतबार बम विस्फोट हुँदा कम्तीमा ३९ जनाको निधन हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीको स्थानीय एक नेताको पनि निधन भएको छ । यस पहिले प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी कम्तीमा १६ जनाको निधन हुनुका साथै दर्जनौं घाइते भएका उल्लेख गरिएको थियो ।

खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले एएफपीसँग भनेका छन्, ‘विस्फोटपछि अस्पतालमा लगिएका मध्ये ३९ जनाको निधन  भइसकेको छ भने १२३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।’ प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको सङ्ख्याको पछिल्लो विवरणलाई पुष्टि गर्दै सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको बताए । समाचार तयार पार्दासम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।

footer