linktrix Long Ad
Salt Trading Long Ad

लुट, छुट, झुट र भ्रष्टाचारले नेपालको प्रतिष्ठा मै आँच !

806
shares

 

यतिबेला मुलुकको प्रतिष्ठामाथि नै घात पुगेको छ । सत्तामा रहेका दलहरुले मुलुकको प्रतिष्ठा बढाएको फलाकिरहेका भएपनि त्यसमा कुनै सत्यता छैन । सत्ता गठबन्धनमा रहेका दलका नेताहरु नै आफ्नो देशका सार्वभौमसत्ता सम्पन्न नागरिकलाई अनागरिक बनाएर नक्कली भुटानी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न हुनु भनेको देशद्रोही र राष्ट्रघाती कार्य थियो । सत्ताको दुरुपयोग गर्दै पैसा कमाउने नाममा नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा गृहजस्तो सम्वेदनशिल मन्त्रालयका मन्त्री र त्यसै मन्त्रालयका सचिव संलग्न हुनुले मुलुकको प्रतिष्ठामै आँच पुगेको भएपनि उक्त काण्डमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसले पार्टीबाट निलम्बन सम्म गर्न सकेको छैन त्यसै कारणले गर्दा भन्न सकिन्छ कांग्रेस भ्रष्टाचारीहरुको अर्को प्रर्याबाची नाम हो । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्नो पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझी उक्त काण्डमा मुछिएकोमा उनलाई निलम्बन गरेर आफ्नो पार्टी भ्रष्टाचारीहरुको पक्षमा नभएको प्रष्ट गरिसकेको छ ।
यतिबेला मुलुकमा अनेक प्रकारका काण्डहरु भएका छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि सत्तामा पुगेका दलहरुले मुलुकलाई भ्रष्टाचार, ठगी र लुटिखाने प्रमुख माध्य बनाउँदै आएका छन् । अहिलेको सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले २०४६ सालको राजनीतिक परिवर्तनपछि सबै भन्दा बढी सत्ताको नेतृत्व गरेको र उ नै सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न भएको तथ्यहरुले देखाएको छ । कांग्रेसका तत्कालिन सभापति स्व. गिरिजाप्रसाद कोइरालाको पालामा खुलम खुल्ला भ्रष्टाचार भएको थियो । राजनीतिक परिवर्तन आफ्नो पार्टीले गरेको भन्दै कांग्रेसले भ्रष्टाचारलाई बढवा दिएको र खुल्ला अर्थतन्त्रको नाममा मुलुकमा स्थापना भएका कलकारखानाहरु सबै निजिकरणको नाममा कौडीको मूल्यमा विक्रि गरेको इतिहास साँक्षी रहेको छ । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेस केही थान मन्त्री लिएर सरकारमा रहेको भएपनि कांग्रेसले जनताको पक्षमा केही गर्न नसकेको कांग्रेसका सांसदहरु र कांग्रेसकै नेताहरुले बताउँदै आएका छन् । यहि दाहाल सरकारको पालामा नेपालको इतिहासकै सबै भन्दा ठुलो सुन तस्करी काण्ड भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले सुनलाई सुन होइन भनि जाँचपास गरिदियो । भन्सारबाट सुन बाहिर आएपछि नाटकीय रुपमा सुन पक्राउ गरि भरियालाई समेत पक्राउ गरियो । के यो नाटक होइन र ? सुरक्षाकर्मीहरुले सुन पक्राउ नगरि निगरानीमात्र गरेर त्यो सुन किन मालिकसम्म पुग्न दिएनन् अहिलेको प्रश्न भनेको यही हो ।
यति ठुलो सुन काण्ड हुँदा अर्थमन्त्री रहेका कांग्रेसका नेता प्रकाशशरण महतले सार्वजनिक रुपमै अभिव्यक्ति दिए सुनको तस्करी गर्नेहरुको सुराकी दिए आफूँले पुरस्कारदिने घोषणा गरेर । तर उनले आजसम्म कस्ले सुराकी दियो र कति पुरस्कार कसलाई दिए भनेर सार्वजनिक रुपमा केही बोलेका छैनन् । अर्थमन्त्रीको उक्त भनाई सरासर झुठको खेती हो । पहिला देखि नै सुराकी दिने व्यक्तिलाई पुरस्कार दिने गरिएको छ । भन्सार कार्यालयका केही व्यक्तिहरुलाई सरुवा गरेर अर्थमन्त्री महतले उनीहरुलाई चोख्याउन खोजेका छन् । के भ्रष्टाचारमा संलग्न भएका व्यक्तिहरुलाई सरुवा गरेर चोख्याउनु दण्ड सजाए हो कि उनीहरुलाई बचाउनु खोज्नु हो ?
मुलुकमा भएका ठुला ठुला भ्रष्टाचारका काण्डमा कर्मचारीहरुको संलग्नता भएको देखिएता पनि उनीहरुको प्रयासले मात्र त्यो सम्भव नहुने अहिले सम्मका अध्ययन प्रतिवेदनले प्रष्ट पारिसकेको छ । यस्ता भ्रष्टाचारका काण्डमा राजनीतिक दलका प्रभावशाली व्यक्तिहरु मन्त्री र सचिव हुँदै केही भ्रष्ट व्यक्ति, केही व्यापारी र तस्करहरुको संलग्नता रहने प्रष्ट भैसकेको छ । विगतको राजनीतिक परिवर्तनपछि त्यसको फाइदा उठाउने नाममा कांग्रेसका नेताहरु, मन्त्रीहरु नै भ्रष्टाचारमा सबैभन्दा बढी मुछिएका छन् । नेपाली कांग्रेसका नेता एवं लौह पुरुष भनिएका स्व. गणेशमान सिंहलाई समेत उनैकी छोरी रिता सिंह बैद्यले नेपाल बालमन्दिर अहिलेको नेपाल बाल संगठनको जग्गा काण्डमा बद्नाम गराएकी छिन् ।

तत्कालिन राजा महेन्द्रले मुआब्जा दिएर नक्लालमा रहेका सीता महल खरिद गरेर बाल मन्दिर निर्माण गरि त्यहाँ गरिब असाहय बालबालिका राखेर पढाउने कार्यमा लागि २ सय ४९ रोपनी जग्गा राखिएकोमा रिता सिंह बैद्य अध्यक्ष रहेको बेला सो जग्गा समेत केही कांग्रेसीजनहरुलाई लिजमा लामो समयका लागि कौडीको मूल्यमा दिएर बैद्यले नेपाल बाल संगठनलाई नै बद्नाम गरि अबौँ सम्पत्ति भएको बाल मन्दिरको जग्गा माफियाहरुलाई दिएर गणेशमान जस्ता त्यागीको नाम बद्नाम गरिएकी हुनाले उक्त काण्डको निष्पक्ष छानविन गरियोस् । हामी दाहाल सरकारसँग उक्त काण्डको छानविनको जोडदार माग गर्दछौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports