kumari
stcnepal

प्रधानमन्त्रीको असम्वैधानिक कार्य

काठमाडौँँ । गत शुक्रवार (२२ गते ) मात्र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रीमा नियुक्त भएका गजेन्द्र वहादुर हमालले आज (आइतवार) राजिनामा दिएका छन् । सर्वोच्च अदालतका प्रधानन्याधिसको कोटावाट मन्त्री बनेको आरोप हमालमाथी लाग्दै आएको थियो । न्यायपालिकाका प्रमुखले आफुलाई मन्त्रिरिषदमा कोटा मागेको भन्दै चौतर्फी विरोध भएपनि प्रधानमन्त्री शेरवहादुर देउवाले हमाललाई मन्त्री वनाएका थिए । स्मरण रहोस् हमाल प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाका जेठान हुन् ।

मन्त्री हमालले दिएको राजीनामा आजै प्रधानमन्त्री देउवाले स्वीकृत गरेको वालुवाटार सुत्रले जानकारी दिएको छ । मन्त्रीको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने र राष्ट्रपतिवाट शपथ गराउने सम्वैधानिक व्यवस्था रहेकोमा मन्त्री हमालको राजीनामा स्वीकृत प्रधानमन्त्रीले गर्नु भनेको अर्को असम्वैधानिक कार्य रहेको कानुनविज्ञहरुले वताएका छन् । यसरी प्रधानमन्त्रीले आफुलाई हुदै नभएको अधिकार प्रयोग गर्नु भनेको परमादेशवाट नियुक्त भएका प्रधानमन्त्रीलाई अदालतले नै त्यो अधिकार पनि दिएको हो कि भन्ने प्रश्न समेत उठेको छ ।

footer