kumari
stcnepal

सुजता कोइराला मन्त्री हुने

 

काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले खाली भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुजता कोइरालालाई नियुक्ति गर्ने सुत्रले दावी गरेको छ । प्रधानमन्त्री देउवाले नेपाली काग्रेसको १४ औँ महाधिवेशनवाट आफु पुन एक पटक सभापति निर्वाचित हुने रणनितिका लागि कोइरालालाई मन्त्रीमा नियुक्त गर्न लागेका छन् ।

काग्रेसभीत्र रहेका गुट उपगुटहरु मध्येमा कोइराला रामचन्द्र पौडेल र गुटमा आफ्नै दाईहरु शेखर कोइराला तथा शशाक कोइरालालाई एकजुट गराउने पक्षमा रहेपनि आफुलाई मन्त्री वनाएको खण्डमा देउवालाई सहयोग गर्ने वचन दिएको भन्दै देउवाले कोइरालालाई मन्त्री वनाउन लागेका हुन ।
स्मरण रहोस् हिजोमात्र कोइरालाले रामचन्द्र पौडेल र डा. शशाक कोइरालावाट पार्टी नचल्ने भन्ने उदघोष गरेकी थिइन् । काग्रेसको संस्थापन पक्षवाट रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशाक कोइराला र प्रकाशमान सिंह सभापतिका दावेदार रहेका भएपनि सुजता कोइरालाले देउवालाई समर्थन गर्ने निर्णय गरेको खण्डमा कोइराला परिवारभीत्र नै संकट पर्ने देखिन्छ ।

सुजाताले आफुलाई उपप्रधानमन्त्री नवनाए,पनि मन्त्री नै भएपनि आफु मन्त्रिपरिषदमा सहभागी हुन तयार रहेको आफ्ना निकटलाई वताउदै आएकी छन् ।

footer