kumari
stcnepal

काठमाडौं उपत्यकामा भारी वर्षा, बाढीको सतह सतर्कताको तहसम्म पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

footer