kumari
stcnepal

बहालवाला सिडियो नै ललिता निवास जग्गा काण्डमा फरार सूचीमा

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बहालवाला जिल्ला प्रमुख अधिकारी (सिडिओ)लाई फरार सूचीमा राखेकाे छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ५८ दिन लामो अनुसन्धान गरेको सिआइबीले दाङका सिडिओ सुशील वैद्यलाई संगठित अपराध र किर्ते मुद्दामा फरार प्रतिवादी बनाएर सरकारी वकिललाई आफ्नो प्रतिवेदन बुझाएको हो । बैद्यले ०७० मा काठमाडौंको भूमिसुधार अधिकारी हुँदा पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआइबीले निष्कर्ष निकालेको छ । यद्यपी उसले बैद्यसँग भने बयान लिएको छैन ।

सिआइबीले एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी उनी विरुद्ध मुद्दा दायर गर्न सरकारी वकिललाई सिफारिस गरेको छ ।जिल्ला प्रशासन कार्यालय, दाङका अनुसार, आफू विरुद्ध मुद्दा चलाउने तयारी अघि बढाइएको थाहा पाएपछि उनी बिदामा बसेका छन् ।

footer