kumari
stcnepal

वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन

काठमाडौँ ।  वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो ।

अध्यक्ष निरौलाले ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको बताएका छन् । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्ष मेत बनेका थिए । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।

footer