kumari
stcnepal

ललिता निवास जग्गा काण्डको मुद्धा इजलास न १३ मा ढकाल श्रीमानको इजलासमा

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बालुवाटार स्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्तको आज देखि बयान लिन सुरु गरिएको छ । इजलास नम्बर–१३ मा अभियुक्तको बयान लिन सुरु गरिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासमा बयान सुरु भएको अदालत प्रशासनले जानकारी गराएको छ ।

आज सो प्रकरणमा पक्राउ परेका मध्ये १७ अभियुक्तलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरू थुनुवा पोसाकमा छन् । उनीहरुलाई इजलास नम्बर–१४ को वेटिङ रुममा राखिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।

पहिलो चरणमा थुनामा रहेकासित बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ । १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपितलाई ५७ दिनसम्म थुनामा राखेर संगठित किर्ते कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, सरकारी वकिल कार्यालयले भूतप्रभावी कानुन लगाउन नमिल्ने भन्दै सरकारी लिखत किर्तेमा मात्र मुद्दा चलाएको छ ।

footer