kumari
stcnepal

आफ्नो समेत नाम जोडेर आएका भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समेत नाम जोडेर आएका भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एमाले जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले कमिसनका लागि पछि कुद्ने पार्टी नभएको दाबी गरे । ‘यति यति भनेर कति कराइरहेका छौँ गरनत छानबिन, वाइडबडी छानबिन गर आफैँ जेलमा जाऊ । वाइडबडी छानबिन गर जेल जाऊ’, अध्यक्ष ओलीले भने, ‘अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागाभाग छ ।’ उनले सरकारलाई कहिले यताको ढोकाबाट कहिले उताको ढोकाबाट गुटुटु कुदेको भन्दै ती सबै काण्डहरुको छानबिन गरेर देखाउन चुनौती दिएका हुन् ।

‘अहिले चिया बगान निस्किएको छ गर न छानबिन’, उनले भने, ‘बिना कानुन ५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो । कमिसन आएन त्यसको छानबिन गर ।’ उनले गिरीबन्धु टिस्टेटका लागि कानुन बनाइदिएको दाबी समेत गरे । कानुन बनाउँदा कसैले कमिसन खान्छ ? भन्दै प्रश्न गर्दै ओलीले भने, ‘एमाले कमिसनका पछाडि कुद्ने पार्टी होइन । महान् उद्देश्यका पछाडि हिँड्ने पार्टी हो । ओम्नी अरे मैले पत्रिका पढेर थाहा पाएको के हो ? ओम्नी ? मैले देखेको पनि छैन ।’

footer