kumari
stcnepal

सचिव बढुवाका लागि तिन सहसचिवको नाम सिफारिस

काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरु दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

३ जना मध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटक-पटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दु स्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् । सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिको बैठकले गरेको सिफारिस अनुसार तीन जनामध्ये बाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।

footer