kumari
stcnepal

चार दल सम्मिलित समाजवादी मोर्चाले आज बुटवलमा सभाको आयोजना गर्दै

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले आज बुटवलमा सभाको आयोजना गर्दैछ । दिउँसो ४ बजे हुने सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादव लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा नेता मनिकर कार्कीले जानकारी दिए । जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा भएकाले उक्त सभामा राज किशोर सहभागी हुनेछन् ।

footer