kumari
stcnepal

ललिता निवास प्रकरण : थुनछेक बहस न्यायाधीश ढकालको इजलासमा हुने

काठमाडौं । बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान अदालतमा सुरु भएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबारबाट प्रहरी हिरासतमा रहेका १८ जनाको बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।

थुनछेक बहस पनि न्यायाधीश ढकालकै इजलासमा हुने छ । र प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश हुने छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार २१ मृतक सहित ३११ जनालाई प्रतिवादी बनाए जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सीआईबीले यसअघि पक्राउ गरेका र अदालतको आदेशले रिहा भएकाहरुको पनि अदालतमा बयान हुने छ ।

सबै प्रतिवादी विरुद्ध सरकारी कीर्तेमा मात्रै मुद्दा चलाइएको छ । यो कसुरमा दोषि ठहरिए एक वर्ष कैद र १० हजार रुपैयाँ सम्म जरिवाना हुने कानुनी व्यवस्था छ । यस्तै सबै प्रतिवादी विरुद्ध करिब १८ अर्ब बिगो भराउन माग गरिएको छ । यस्तै केहीलाई भने जग्गा फिर्ता गराउने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ ।

footer