kumari
stcnepal

बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ

लन्डन । बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन् । बेलायतको राष्ट्रिय हवाई यातायात सेवाले सो सबन्धनमा पुर्व सुचनासमेत जारी गर्दै उडानमा प्राविधिक समस्याको सामना गरिराखेकाले त्यस अवस्थामा उडानहरू ढिलो हुन सक्छ जानकारी दिए ।

समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन्। साथै यात्रुहरुलाई ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’ भनिएको छ । रिपोर्टहरुका अनुसार बेलायतको नेसनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन ।

footer