kumari
stcnepal

नेपाल वायुसेवा निगमले आज देखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ ।

गत जेठ ३० गते देखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो । बिहान ९ बजे भैरहवा बाट काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडान मार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ । यसका लागि १० गते बाट नै टिकट बुकिङ खुलाइएको थियो ।

भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडान देखि सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमले उल्लेख गरेको छ ।

footer