kumari
stcnepal

सरकारले थालेको सुशासनको कामबाट प्रतिक्रियावादीहरु आत्तिएको छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले थालेको सुशासनको कामबाट प्रतिक्रियावादीहरु आत्तिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जनतासँग माओवादी ः विशेष रूपान्तरण अभियान उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा रुपमा प्रस्तुत हुँदा प्रतिगामीहरू अत्तालिएको बताएका हुन् ।

साथै उनले नक्कली भुटानी, शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिनाको छानबिनलगायतका तस्करी नियन्त्रणको प्रयासमा सरकार लागेपछि प्रतिगामीहरू सरकार र माओवादी नेतृत्व विरुद्ध षड्यन्त्र गर्नतिर लागेको बताए । सरकारले थालेका यस्ता कामहरूले नै समाजवादको आधार तयार पार्ने भन्दै उनले सरकारले थालेको सुशासनको काम त्यतिकै नरोकिने दाबी समेत गरे ।

‘यो यतिकैमा रोकिनेवाला छैन यो क्रमशः अघि बढ्छ । यो देखेर अतिवादीहरू विक्षिप्त भएका छन् । नेतृत्व र सरकारलाई बदनाम गर्ने षड्यन्त्र भएका छन् तर उनीहरू जनतामा भने गिर्दै गएका छन्,’ उनले भने ।

 

footer